यसकारण शेरधन राई प्रदेश न. १ को मुख्यमन्त्री - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

यसकारण शेरधन राई प्रदेश न. १ को मुख्यमन्त्री



ओम प्रकाश बानियाँ
दोहा, कतार

मङ्सिर १० र २१ गते गरी दुई चरणमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । देशै भरी उत्साहका साथ मतदाताहरु मतदान गर्न सरिक पनि भए । अहिले देश भरीकै नतिजा पनि बाहिरी सक्यो । बाम गठबन्धनलाई जनताले अत्यधिक मत दिई सरकार बनाउने बाटो खोलिदिए । निर्वाचनको परिणाम हेर्दा प्रदेश न. २ बाहेक बाकी ६ वटा प्रदेशमा बाम गठबन्धनले कै तर्फबाट मुख्यमन्त्री बन्ने छाटकाट देखिएको छ ।

प्रधानमन्त्रीमा केपी ओली लगभग पक्का भए सँगै अहिले प्रदेशको मुख्यमन्त्रीको बन्ने भन्ने बहस पनि चुलिन थालेको छ । सामाजिक सञ्जाल देखि चिया पसल तातिएको छ । यो सँगै प्रदेश न. १ को मुख्यमन्त्रीको बन्ने भन्ने कुराको पनि सर्वत्र चर्चा सुरु भएको छ । मुख्यमन्त्रीको दाबेदारमा २ जना पूर्व मन्त्रीहरु बढी दाबी गरिरहेका छन् । एक हुन् एमाले सचिव एवम् प्रदेश न. १ का संयोजक भीम आचार्य, एमाले पोलिटब्युरो सदस्य एवम् प्रदेश न. १ सह-समयोजक युवा नेता शेर धन राई।

दुवै जनाले दाबी गरे पनि शेरधन राई मुख्य मन्त्री हुनु पर्छ भन्ने केही आधारहरु यस्ता छन्:

१. मन्त्री हुँदा कुनै विवादमा नपरी कुशलता पूर्वक सूचना तथा सन्चार मन्त्री एवम् सरकारको प्रवक्ता को जिम्मेवारी निभाएको कारण ।

२. स्थानीय चुनावमा भीम आचार्यले उम्मेदवार सँग मोटो रकम मागेको न्युज सर्वत्र बजारमा आएको सबैलाई सर्व विवितै छ । सोही कारण मोरङमा एक एमाले नेताले पत्रकार सम्मेलन गरेरै त्यो कुरा बताए र उनले एमाले पार्टी समेत परित्याग गरेर काङ्ग्रेसमा प्रवेश गरे । केन्द्रीय कमिटीले महा सचिव ईश्वर पोख्रेलको सम्योजकत्वमा छनबिन समिति समेत गठन गर्‍यो ।

३. देश भरि बामगठबन्धनकाे वर्चस्व रहेको बेला मुख्य मन्त्री दाबेदार प्रदेश समयोजकको गृह जिल्लामा बाम गठबन्धनले नराम्रो सँग हार बेहोर्नु पर्‍यो । यसबाट पनि भीम आचार्य असक्षम भन्ने तर्क गर्ने सकिन्छ । उता अर्का दाबेदार शेरधन राईले भने आफ्नो जिल्लामा शत प्रतिशत नतिजा ल्याउन सफल भएकाले पनि उनी सक्षम नेताको रूपमा परिचित भए ।

४. समावेशीताकाे मुद्दाहरुले ठाउँ लिई रहँदा आदिवासी जनजातिहरुकाे बहुल्य रहेकाे प्रदेश नम्बर १ मा आदिवासी जनजातिहरूको तर्फबाट नै मुख्यमन्त्री बनायो भने त्यहाँको मुद्दा राम्रो सँग उठान हुन् सक्छ ।

५. युवा नेता भएको कारणले युवाहरूको मुद्दा स्थापित गर्ने सजिलो/सहज हुने भएको कारणले ।

यी आदि कारणले प्रदेश न. १ को मुख्यमन्त्रीमा शेरधन राई हुनुपर्छ ।