देउवाको प्रस्ताव शेखर समूहद्वारा अस्विकार, मन्त्रीको नाम नदिने निर्णय - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

देउवाको प्रस्ताव शेखर समूहद्वारा अस्विकार, मन्त्रीको नाम नदिने निर्णय



काठमाडौं- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ ।

सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।

शुक्रबार बिहान बसेको डा. शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।

‘यो हामीले सभापतिलाई पनि भनेका छौं, प्रधानमन्त्री प्रचण्डलाई खबर गरेका छौं’, सहमहामन्त्री जीवन परियारले भने ।