काङ्ग्रेसमा देउवाको विकल्प शेखर कि शशांक ? - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

काङ्ग्रेसमा देउवाको विकल्प शेखर कि शशांक ?



काठमाडौं- राष्ट्रवाद र समृद्धिको नारामा नेकपासँग प्रतिस्पर्धा गर्ने कि नरम लोकतान्त्रिक छवि भएको पार्टी बन्ने–कांग्रेसभित्र अलमल देखिन्छ।

सिंगै विश्वमा देखिएको उदारवादी विचारको संकटले कांग्रेसलाई समेत प्रभावित पार्नु अनौठो नभएको आकलन विश्लेषकहरु गर्छन्।

महामन्त्री शशांकले आफ्ना पिता तथा पार्टीका संस्थापक बीपी कोइरालाले अगाडि सारेको धर्मनिरपेक्षताको विपक्षमा आफूलाई उभ्याउने साहस गर्नु यसैको प्रतिफल भएको उनीहरुको ठहर छ।

यो खबर आजको नेपाल साप्ताहिकमा बसन्त बस्नेतले लेखेका छन्।

शेखर केही भिन्न देखिन्छन्। ०६२ मा माओवादी विद्रोहीसँग १२ बुँदे सहमति निर्माणका एक सक्रिय नेता शेखरले आफूलाई संघीयता र समावेशी समानुपातिक प्रणालीको मुखर पैरवीकर्ताका रुपमा उभ्याउँदै आएका छन्।

पार्टी सभापति शेरबहादुर देउवालाई चुनौति दिँद नेतृत्वमा उदाउने सम्भावना शशांकमा छ, तर कांग्रेसको उदारवादी वैचारिक द्विविधा चिर्न शेखर उपयुक्त पात्र हुन सक्छन्।

‘सभापतिमा मेरो पनि दाबी छ। म त भन्छु, मेरोमै सहमति जुटोस्। अरु नेताको नाममा सहमति जुट्यो भने म तयार हुनुपर्छ,’ शशांक भन्छन्।