काँग्रेसको सभापति अब कोइराला परिवारबाटै बन्छ: डा. शेखर - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

काँग्रेसको सभापति अब कोइराला परिवारबाटै बन्छ: डा. शेखर



नवलपरासी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै नेपाली काँग्रेसको पार्टी सभापति बन्ने बताएका छन् ।

विहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी ३ कोइरालाबीच भाइटिकाको दिन पनि केही छलफल भयो, फेरि पनि हुन्छ । हामी ३ जनाबीच छलफल भइरहेको छ, हानथाप गर्दैनौं ।’

उनले लोकतन्त्र खतरामा परेकोले लोकतन्त्र रक्षाका लागि कोइराला परिवार चुप लागेर बस्न नसक्ने बताउँदै आगामी महाधिवेशनबाट काँग्रेसको नेतृत्व कोइराला परिवारबाटै हुने संकेत गरे । पत्रकार सम्मेलनमा सहभागी काँग्रेस कार्यकर्ताहरुतर्फ इंकित गर्दै उनले भने, ‘तपाईहरु शंशाककोमा गएर शशांकलाई तपाई पार्टी सभापति हुन पर्छ, सुजताकोमा गएर तपाई सभापति हुनु पर्छ र म कहाँ आएर म सभापति हुनु पर्छ भनेर दोहोरो भुमिका नखेलिदिनु होला ।’

डा. शेखर कोइरालाले काँग्रेसको नेतृत्व सधैं कोइरालाले नै लिनु पर्छ भन्ने नरहेको उनले बताए । उनले भने, ‘काँग्रेस आज यहाँ सम्म आउन कोइराला परिवारको मात्रै योगदान नभएर सबैको उत्तिकै योगदान छ । त्यसैले कोइराला परिवारबाट नै पार्टी सभापति बन्नु पर्छ भन्ने पनि होइन ।

उनले नयाँ नेतृत्व आउनु पर्नेमा जोड दिंदै शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता अनुभवी र पार्टीमा योगदान पुर्याएका नेताहरुले आफ्नो अनुभव बाँढेर पार्टीमा नयाँ नेतृत्व दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उनले उपनिर्वाचनका लागि पार्टीमा पदाधिकारीबीच उम्मेदवार चयनमा छलफल चलिरहेको र दुई दिनमा उम्मेदवार तय हुने पनि बताए ।