शेखरले लिए रामचन्द्र पौडेलको आशिर्वाद - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

शेखरले लिए रामचन्द्र पौडेलको आशिर्वाद



नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले रामचन्द्र पौडेलसँग भेट गरेका छन्। कोइरालाले आज बिहान बोहराटारमै पुगेर पौडेलसँग भेट गरेका हुन्।

भेटमा शेखरले आफू सभापतिमा अगाडि बढिसकेकोले आर्शिवाद दिन आग्रह गरेका थिए। उनले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। प्रकाशमान वा शेखर कसलाई सर्वसम्मत उम्मेदवार बनाउने भन्ने पौडेल पक्षले निर्णय गर्न सकेको छैन।

भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले शेखरलाई जितको शुभकामना दिएका दिए। राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेक्षा कोइरालालाई नै रहेको बताएका थिए।

भेटका अवसरमा पौडेलले संस्थापन इतर एक हुन नसकेको भने दुःख प्रकट गरेका थिए। सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने उनको भनाइ थियो।