कांग्रेस अपडेट: देउवा अधिअघि, शेखर पछिपछि - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कांग्रेस अपडेट: देउवा अधिअघि, शेखर पछिपछि



काठमाडौं- नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले अग्रता बढाउदै लगेका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत प्राप्त गरेका छन्।

त्यस्तै, सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले ७२६ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले १७१, विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ७ मत पाएका छन्।

आज बिहान ४ बजेदेखि मतगणना शुरु भएको हो। गएराति साढे ११ बजेसम्म मतदान भएको थियो।

कांग्रेसको निर्वाचनमा ४ हजार ६७९ मत खसेका छन्। कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

सभापतिमा निर्वाचित हुन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ। ५० प्रतिशत मत नआएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा मतदान हुन्छ।