शेखर समूहको निश्कर्ष: देउवा कांग्रेसको सभापति होइनन् - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

शेखर समूहको निश्कर्ष: देउवा कांग्रेसको सभापति होइनन्



नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले सभापति शेरबहादुर देउवा पार्टीको भन्दा पनि गठबन्धनको सभापति जस्तो भएको निश्कर्ष निकालेको छ।

काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सम्पन्न भेलाको निर्णय सुनाउँदै कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले सभापति देउवाका कामकारबाहीबारे छलफल भएको बताए।

“शेरबहादुर देउवा नेपाली कांग्रेसको भन्द्या पनि गठबन्धनको सभापति भएर हिड्नु भएको छ। कांग्रेसको सभापति भएको अनुभूति दिलाउन सक्नु भएको छैन,” भेलाले गरेको निर्णय सुनाउँदै पोखरेलले भने, “देउवा गठबन्धनको होइन, कांग्रेसको सभापति हुनुप¥यो भन्ने निर्णय गरेका छौं।”

पार्टीलाई विधि र विधानमा चलाउन दवाव दिने निर्णय भएको उनले बताए। यसका लागि प्रदेश, जिल्ला र पालिका स्तरमा दवावमूलक कार्यक्रम गर्ने निर्णय भएको उनले बताए।

संस्थापन पक्षलाई दवाव दिन डा. कोइरालाले आफ्नो पक्षको नेताहरूको भेला बोलाएका थिए। बिहीबारदेखि शुरू भएको भेला आज विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।