देउवाविरुद्ध नारा लगाउँदा शेखरले भने: यो राम्रो व्यवहार होइन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

देउवाविरुद्ध नारा लगाउँदा शेखरले भने: यो राम्रो व्यवहार होइन



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उमेदवार शेखर कोइरालाले केही महाधिवेशन प्रतिनिधिहरूले अशोभनीय व्यवहार देखाएको बताएका छन् ।

आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री एवं सभापति पदका अर्का उमेदवार शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएपछि उनले यस्तो बताएका हुन् ।

‘सुहाउँदो व्यवहार भएन । हामी स्वस्थ प्रतिस्पर्धामा छौँ,” उनले भने, “यस्ता व्यवहार शोभनीय हुँदैन ।”

लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएको हो ।

देउवा चियापनस्थलमा प्रवेश गर्नेबित्तिकै नाराबाजी गरिएको थियो । पौडेलले देउवालाई मञ्चसम्म पुर्‍याएका थिए । देउवा मञ्चमा पुग्दा पनि नाराबाजी जारी थियो । तर, सभापतिका उमेदवार कोइराला कार्यक्रमस्थलमा प्रवेश गरेपछि भने नाराबाजी रोकियो ।

महाधिवेशन प्रतिनिधिहरूले पौडेलविरुद्ध पनि नाराबाजी गरेका थिए ।