शेखरले प्रकाशमानलाई भने: राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनुपर्छ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

शेखरले प्रकाशमानलाई भने: राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनुपर्छ



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता नरहे राजनीति सम्भव नहुने बताएका छन् ।

नेतृत्व परिवर्तनको मुद्दा उठाएका प्रकाशमानले देउवालाई नै सघाउने निर्णय गरेपछि घुमाउरो पाराले शेखरले यस्तो बताएका छन् ।

पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका कोइरालाले दोस्रो चरणको प्रतिस्पर्धामा आफूले जित्ने दाबी गरेका छन् ।

मंगलबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।