न्यायालय कब्जा, प्रेसमाथि सेन्सर अधिनायकवाद नभएर के हो ?- कोइराला - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

न्यायालय कब्जा, प्रेसमाथि सेन्सर अधिनायकवाद नभएर के हो ?- कोइराला



कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले देशमा ‘टिपिकल कम्युनिष्ट’ शासन सुरु भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले मंगलबार नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरलाले भने ‘न्यायालय कब्जामा लिन थाले । प्रेसमाथि सेन्सरसिप हुने अवस्था आउँदैछ । यो अधिनायकवाद हो ।’

महान्यायाधिवक्ताको कार्यालय जस्तो संवैधानिक निकाय र अन्य निकाय प्रधानमन्त्री मातहत राख्नु सरकारलाई लगामवीहिन बनाउने योजना भएको उनको आरोप थियो ।

‘अब न्यायाधीश बिदेश जाँदा कार्यकारीको अनुमति लिनुपर्ने व्यवस्था राखियो । यस्ता कारणले भन्न सकिन्छ न्यायपालिका पनि सरकार मातहत आइसकेको छ । टिपिकल कम्युनिष्ट शासनको सुरुवात यहाँ भइसक्यो,’ उनले भने ।

नेता कोइरलाले विधान संसोधन गरेर नेपाली कांग्रेसको १४ औं महाधिवेशन छिटो गर्नुपर्ने माग गरेका छन् । ‘अहिलेका महाधिवेशन प्रतिनिधि र केन्द्रीय समितिले विशेष महाधिवेशन गरेर हुँदैन । बरु विधान संशोधन गरेर समयभित्रै १४ औं महाधिवेशन गरौं,’ कोइरालाले भने । आउँदो महाधिवेशनमा पार्टीको नेतृत्व गर्ने चाहना रहेको पनि उनले बताए ।