डा. शेखर कोइराला 'जनयुद्ध दिवस'को विपक्षमा - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

डा. शेखर कोइराला ‘जनयुद्ध दिवस’को विपक्षमा



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आज सार्वजनिक बिदा दिएकामा आपत्ति जनाएका छन् । सोमबार बिहान ट्विट गर्दै उनले संविधानले चिन्दै नचिनेको ‘दिवस’का नाममा बिदा दिइएको भन्दै विरोध गरेका हुन् ।

उनले देशमा कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदै छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

“एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौँ भन्दै हुनुहुन्छ, तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,” उनले लेखेका छन्, “आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदै छ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदै छ ?

आजको बिदाको चौतर्फी विरोध गरिएको छ । यसअघि, गएको माघ २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै त्यसमा पुनर्विचार आवश्यक भएको बताएका थिए ।

उनले लेखेका छन्, ‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’