समानुपातिकतर्फ शेखर-गगनलाई जम्मा १० प्रतिशत भाग (नामसहित) - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

समानुपातिकतर्फ शेखर-गगनलाई जम्मा १० प्रतिशत भाग (नामसहित)



नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्द सूचिमा डा. शेखर कोइराला–गगन थापा समूहलाई पर्गेलिएको छ । ११० जनाको सूचीमा उनीहरूको पक्षका १३ जना नेता मात्रै परेका छन्।

प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० जना मध्ये बाँकी संस्थापन पक्षका छन्। कांग्रेसका एक नेताका अनुसार शेखर–गगन समूहबाट केदारनरसिंह केसी, टेकबहादुर गुरुङ, डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, केशरमान रोका, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादवको नाम परेको छ।

समानुपातिकमा करिब १० प्रतिशत मात्रै उम्मेदवार बनाएपछि शेखर–गगन पक्षले संस्थापनलाई दवाव दिन नयाँ बानेश्र र थापाथलीमा भेला गरेको छ। शेखर समूहले ४० प्रतिशत उम्मेदवारी माग गरेका छन्।

यो समूहले पार्टी सभापति शेरबहादुर देउवा नसच्चिए विद्रोह गर्ने चेतावनी दिएको छ।