म देउवालाई सभापति बनाउने पक्षमा छैन: डा. शशांक - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

म देउवालाई सभापति बनाउने पक्षमा छैन: डा. शशांक



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने बताएका छन् । बुधबार अनामनगरमा आयोजित सामूहिक खिर खुवाउने कार्यक्रममा महामन्त्री कोइरालाले आफू कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षमा रहेको बताएका हुन् ।

कांग्रेसभित्र महामन्त्री कोइरालालाई सभापति देउवासँग निकट रहेको आरोप संस्थापन इतर समूहभित्रै लाग्ने गरेको छ । उनले भने नेतृत्व परिवर्तन भनेर अहिलेका सभापति दउवाको निरन्तरताका पक्षमा आफू नरहेको संकेत गरे ।

त्यस्तै महामन्त्री कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उठ्नेतर्फ पनि संकेत गर्दै युवाहरुको साथ रहने विश्वास व्यक्त गरे । “मेरो इच्छा कांग्रेसको आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने हो,” उनले भने, “तपाईं युवा साथीहरुले साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु ।”