शशांकले भने: देउवासँग स्पष्ट बहुमत छ - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

शशांकले भने: देउवासँग स्पष्ट बहुमत छ



काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि लागि आज बैठक डाकेका छन्।

निर्वाचन समीक्षासम्बन्धी बसेको एक महिने बैठक सकाउँदै देउवाले पदाधिकारी मनोनयनका लागि बैठक डाकेका हुन्।

पदाधिकारी प्रस्तावका लागि आज बिहान ८ः ३० मा पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्दैछ।

१३ औं महाधिवेशन सकिएको दुई वर्ष नघिसक्दा पनि देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीजस्तो प्रभावशाली पदमा मनोनयन गर्न सकेको थिएन।

पदाधिकारी मनोनयन किन ढिला भन्ने प्रश्नमा कांग्रेस महामन्त्री शशांक कोइरालाले सुशील कोइरालाको कार्याकाल सम्झाए।

विधानअनुसार दुई महिनाभित्रै हुनु पर्नेमा ढिला भएको उल्लेख गर्दै कोइरालाले सुशील सभापति हुदाँ पनि दुई वर्षपछि मनोनयन भएको बताए।

उनले भने, ‘विधानअनुसार त दुई महिनाभित्रै हुनुपर्ने हो, तर, हुन सकेन, पहिले पनि भइसकेको छ। हुन त सुशील कोइरालाको पालामा पनि दुई वर्षपछि भएको थियो।’

पदाधिकारी मनोनयन विधान विपरीत नजाने स्पष्ट पार्दै परिआए स्पष्ट बहुमत रहेको र सभापतिले विधान संशोधन गरेरै भएपनि मनोनयन गर्न सक्ने महामन्त्री कोइरालाको भनाइ रहेको थियो।