धुर्मुसलाई विश्वप्रकाश शर्माको साथ - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

धुर्मुसलाई विश्वप्रकाश शर्माको साथ



काठमाडौ । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

श्रीमती कविता शर्मासँग विवाह भएको १६औं वर्षको अवसर पारेर प्रवक्ता शर्माले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई नगद १६ हजार सहयोग हस्तान्तरण गरेका हुन् ।

विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपियाँ सहयोग गरेको फाउण्डेशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शर्माले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो–सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरेका छन् ।

‘प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय लाग्दैन’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान गर्छु ।’