सेयर मार्केटको लगातार बिजोग - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सेयर मार्केटको लगातार बिजोग



काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से १४.७० बिन्दुले ओरालो लागेर २५५६.९५ कायम भएको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ बिन्दुले घटेर ४८३.३९ कायम भएको छ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ। २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता सेयर दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रूपैयाँमा खरिद बिक्री भएको छ। बिहीबारको कारोबारपछि बजार पुँजीकरण ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ।

कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य बढेको र ११ उपसमूहको घटेको छ। अन्य २१.९१ र सामूहिक लगानी कोषको उपसूचक ०.०६ बिन्दुले बढेको छ। यस्तै, बैंकिङ ७.०५, व्यापार ६७.४१, होटल तथा पर्यटन ५८.९, विकास बैंक ९४.४४, जलविद्युत् ४६.०५, वित्त ४६.३९, निर्जीवन बिमा २३.४६, उत्पादन १०५.४२, लघुवित्त १४.८४, जीवन बिमा १०५.२५ र लगानी ०.३७ बिन्दुले घटेको छ।

कारोबारका आधारमा सानिमा बैंक शीर्ष स्थानमा छ। सो बैंकको २७ करोड १२ लाख ९७ हजार ६०९ रूपैयाँ बराबरको सेयर कारोबार भयो। यस्तै माछापुच्छ«े बैंक ११ करोड ५६ लाख १३ हजार ९६२, नबिल बैंक नौ करोड ६४ लाख १८ हजार ३७६, सिद्धार्थ बैंक आठ करोड एक लाख २० हजार ८५२ र युनाइटेड मोदी हाइड्रोपावर सात करोड ५४ लाख पाँच हजार ५९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे।

नेपाल स्टक एक्सचेन्जका अनुसार मेरो माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, सिटिजन म्युचुअल फन्ड ५.२६, आइसिएफसी फाइनान्स ४.२१, सनराइज ब्लू चिप फन्ड ३.८१ र एनआइबिएल प्रगति फन्डका लगानीकर्ताले ३.७० प्रतिशतले कमाएका छन्।

यसैगरी, जोशी हाइड्रोपावर ५.८७, गुडविल फाइनान्स ५.०९, ग्रिन डेभलपमेन्ट बैंक ४.७४, रैराङ हाइड्रोपावर ४.२८ र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.२२ प्रतिशतले गुमाए।