सेयर बजार : जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाए - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सेयर बजार : जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं- पछिल्लो केही दिनदेखि निरन्तर रुपमा उकालो लागेको नेप्से परिसूचक बुधबार पनि बढेको छ। बुधबार नेप्से परिसूचकमा ३१ दशमलव ८३ अंकको वृद्धि भएर १ हजार ३ सय ६३ दशमलव शून्य १ को बिन्दुमा आइपुगेको छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। नेपाली पुँजी बजारमा लामो समयपछि १ अर्बभन्दा बढीको कारोबार आज भएको छ। यस दिन १ सय ६५ कम्पनीको १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जबकि मंगलबार ९५ करोड ४० लाख ६ हजार ५ सय ४ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

बुधबार जलविद्युत् समूह अन्तर्गतका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन्। जलविद्युत् समूहमा १ हजार ७ दशमलव ७३ अंकको वृद्धि देखिएको छ। त्यस्तै, बिमा समूहमा ६३ दशमलव ५१ प्रतिशतले बढेको छ।

बुधबार युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालको सर्वाधिक रुपैयाँ सेयर कारोबार भएको छ। कम्पनीको ५ करोड ९२ करोड ४२ हजार ८ सय ९४ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, छिमेक हाइड्रो पावरको ३ करोड १५ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

ङादी ग्रुप पावरका लगानीकर्ताले पनि आज सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशत अर्थात् २१ रुपैयाँले बढेको छ। त्यस्तै, हिमालयन पावर पाटर्नरका लगानीकर्ताले प्रतिकित्ता २९ रुपैयाँ कमाएका छन्।

यता, गुमाउनेमा एसियन लाइफ इन्स्योरेन्स अन्तर्गतका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर प्रतिकित्ता ४ दशमलव २६ अंक अर्थात् ३७ रुपेयाँले घटेको छ। त्यस्तै, प्रुडेन्टियल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३२ रुपेयाँले घटेको छ।