साताको पहिलो दिन शेयर कारोबार दयनीय - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

साताको पहिलो दिन शेयर कारोबार दयनीय



काठमाडौं- साताको पहिलो दिन शेयर कारोबार दयनीय बनेको छ । १ सय २८ कम्पनीको ४ लाख २१ हजार कित्ता शेयर कारोबार भएको आज जम्मा ११ करोड ३३ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर किनबेच भयो।

आज नेप्से सुचक पनि घटेको छ । आइतबार शेयर बजार ४.०३ अंकले घटेर ११३३.७१ अंकमा पुगेको हो ।

यस्तै ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ सुचक पनि ०७७ अंकले घटेर २४८.३५ अंकमा पुगेको छ। बजार खुलेदेखि केही समय बढ्ने संकेत देखिएको शेयरबजार थामिन नसक्दा ओरालो लाग्यो।

बजार घटेसँगै सबै उपसुचकहरु पनि ‌घटेका छन्।

आज सबैभन्दा बढी जीवन बीमाको शेयर २३.३७ अंकले घट्यो भने निर्जीवन बीमाको १६.७३ र उत्पादन समुहको शेयर १३्.३३ अंकले घट्यो।

दिनभरीमा बजारमा सबैभन्दा बढी प्रभु बैंकको शेयर खरिद भएको छ।