विष्णु पौडेल अर्थमन्त्री बन्ने भएपछि शेयर बजारमा उछाल - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

विष्णु पौडेल अर्थमन्त्री बन्ने भएपछि शेयर बजारमा उछाल



एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा चलेसँगै सोमबार शेयर बजार उचालिएको छ ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि आज मन्त्रीमण्डल विस्तार हुँदैछ । पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार हुँदा एमालेबाट पौडेल अर्थमन्त्री बन्ने चर्चा छ । पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै सोमबार शेयर बजारमा त्यसको उल्लास देखिएको हो ।

कारोबार सुरु भएबाटै नेप्से र कारोबार रकम दुवै उचालिँदा दुई घण्टामै नेप्से सूचक ३८.०३ अंकले बढेको छ भने ९० करोडको कारोबार भइसकेको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक बढेर १९०५.२४ अंक पुगिसकेको छ भने बजारमा शेयर किन्ने क्रेताको चाप पनि उल्लेख्य देखिएको छ ।

योसँगै धौलागिरी, सिर्जनशील लघुवित्त र घलेम्दी हाइड्रोको मूल्य सर्किट लेबलमा बढिसकेको छ । यसअघि पौडेल २०७७ असोज २८ मा अर्थमन्त्री बन्दा शेयर बजार उचालिएर १५ सय अंकबाट ३२ सय अंकमा पुगेको थियो । अलटाइम हाइ ब्रेक गरेको शेयर बजारले उनी गएपछि ३२ सयको रेकर्ड तोड्न सकेको थिएन ।

पछिल्लो एक वर्षयता सुस्ताएको शेयर बजार अर्थमन्त्री पौडेल बन्ने चर्चा भएसँगै लगानीकर्ता उत्साहित बन्न पुगेका हुन् ।