शान्तिनगरको सडक कालोपत्रे निर्माण कार्यको उद्घाटन ,स्थानीय खुशी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

शान्तिनगरको सडक कालोपत्रे निर्माण कार्यको उद्घाटन ,स्थानीय खुशी



विशाल पाण्डेय / सुखड ।
कैलालीको घोडाघोडी नगरपालिकाको वडा नं १ स्थित शान्तिनगरमा सडक कालोपत्रे निर्माण कार्य सुरु गरिएको छ ।

शान्तिनगर रिङ्ग रोड कालोपत्रे सडक निर्माण कार्यको शनिबार घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले उद्घाटन गर्नुभएको छ ।

सडक कालोपत्रे निर्माण सुरु भए सङ्गै स्थानीय बासिन्दा खुशी भएका छ्न । सो सडकमा बर्खा याममा सवारी साधनहरु चल्न मात्र नभै मानिसहरुलाइ हिड्डुल गर्न समेत समस्या हुने हुदा अब त्यस्तो समस्या झेल्न नपर्ने भन्दै स्थानिय खुशी भएका हुन ।

घोडाघोडी नगरपालिकाको ५८ लाख १५ हजार ८२६ रुपैयाँ , उपभोक्ता समितिको २४ लाख ९२ हजार रुपैयाँ तथा १ लाख ७४ हजार रुपैयाँको प्राविधिक सहयोग गरि कुल ८४ लाख ८२ हजार ७९८ रुपैयाँ लागतमा बिद्या कन्ट्रक्सन प्रा. लि. को सामानहरु भाडामा लिएर उपभोक्ता समिति स्वयंले १ किलोमीटर लम्बाई र ६ मिटर चौडाइको कालोपत्रे सडक निर्माण कार्य सुरु गरिएको शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष हरिलाल सापकोटाले जानकारी दिनुभयो ।