प्रधानमन्त्री ओली बिरोधीलाई शान्ता चौधरीको कडा जवाफ - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रधानमन्त्री ओली बिरोधीलाई शान्ता चौधरीको कडा जवाफ



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शाता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीका बिरोधीहरुलाई कडा जवाफ दिएकी छन् ।

चौधरीले प्रधानमन्त्रीको जन्मदिनमा काटेको केकको विषयलाई लिएर आलोचना गर्नेलाई केकको पछाडी नलागेर कान छाम्ने काम गर्न र कागको पछि नलाग्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै सांसद चौधरीले सबैले कागको पछि नलागेर आफ्नो कान छाम्ने काम गर्न आग्रह गरेकी छन् ।

उनले प्रधानमन्त्रीले काटेको केकको आलोचना गर्नुभन्दा कसरि अघि बढ्दा विकास निर्माणका काम सजिलै सम्पन्न होलान भन्ने जस्ता बिसयमा बहस चलाउनु राम्रो हुने बताएकी छन् ।

‘रास्ट्र प्रेमको प्रतिक हुने गरि शुभेच्छुकहरुले केकमाथी नेपालको नक्सा बनाए । बिरोध गर्नु पर्ने के छ यो विषयमा ? फेरी प्रधानमन्त्रीले नक्साकृति काटेको पनि होईन ।’

उनले लेखेकी छन्, आफ्नो जन्मदिन पारेर प्रधानमन्त्री ज्यु जन्मभूमि तेर्हथुम जानु भयो । सडक, खानेपानि लगाएतका विभिन्न बिकास निर्माणका कामहरुको उद्घाटन गर्ने पहिले देखि कै योजना थियो । पटक पटक जान समयले नभ्याउने तर जन्मेको घरमा जाने पहिले देखि कै चाहना । जन्मदिन मै पारेर अन्य सबै काम सम्पन्न गर्ने योजना बन्नु स्वाभाविकै हो । स्थानीयले आफ्नो अबिभाबक र देश कै प्रधानमन्त्रीलाई भब्य स्वागत गरे । शुभेच्छुकहरुले केकको समेत ब्यबस्था गरे । रास्ट्र प्रेमको प्रतिक हुने गरि केकमाथी नेपालको नक्सा बनाए । बिरोध गर्नु पर्ने के छ यो विषयमा ? फेरी प्रधानमन्त्रीले नक्साकृति काटेको पनि होईन । कस्तो केक थियो भनेर समय खर्च गर्नुभन्दा बरु प्रधानमनमन्त्रीको समृद्धिको योजना र कार्यक्रममा तपाईको सुझाब के छन्, कसरि अघि बढ्दा विकास निर्माणका काम सजिलै सम्पन्न होलान भन्ने जस्ता बिसयमा बहस चलाउनु राम्रो हुन्छ । सबैले कान छाम्ने काम गरम, कागको पछि नलागम । सकारात्मक सोचका साथ देश विकासको अभियानमा एक ढिक्का भएर अघि बढ्न सबैमा आब्हान गर्दछु । प्रधानमन्त्रीजी लाई पुनः जन्मदिनको शुभकामना छ । समृद्धि को अभियान मा सफलता प्राप्त होस् ।

उनले प्रधानमन्त्रीलाई पुनः जन्मदिनको शुभकामना दिँदै समृद्धिको अभियानमा सफलता प्राप्त होस् भन्ने कामना समेत गरिन् ।

आइतबार प्रधानमन्त्री ओलीले तेह्रथुमको आफ्नै जन्मघरमा नेपालको नक्सा बनाएको केक काटेर ६९ औं जन्मदिन मनाएका थिए । नेपालको नक्सा बनाएको केक काटिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको विरोध भएको छ ।