कानुन 'पुरुषपीडक' भन्दै शान्ता चौधरीद्वारा महराको बचाउ - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कानुन ‘पुरुषपीडक’ भन्दै शान्ता चौधरीद्वारा महराको बचाउ



काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीले महिलामैत्री कानुन बनाउने क्रममा पुरुषपीडक कानुन पनि बनेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएकी छन्।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौनहिंसा गरेको आरोपमा अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएपछि फेसबुकमार्फत चौधरीले लेखेकी छन्, ‘हामीले महिलामैत्री कानुन बनाउने क्रममा कतिपय अव्यवहारिक र पुरुषपीडक बन्दोबस्तीहरु पनि राख्यौँ कि? यो घटनाले सोच्न बाध्य बनाएको छ।’

यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

चौधरीले अदालतबाट निर्दोष ठहर भएका पूर्वसभामुख कृष्णबहादुर महरामा अविचलित र परिपक्व व्यवहार भएको दाबी गर्दै महरा र उनको परिवारले मानसिक यातना पाएको र मुलुकले असहनीय पीडा भोगको उल्लेख गरेकी छन्।