परमादेशको सरकार र अध्यादेशको पार्टीले शंकर पोखरेललाई तनाव - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

परमादेशको सरकार र अध्यादेशको पार्टीले शंकर पोखरेललाई तनाव



काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शंकर पोखरेलले ‘परमादेशको सरकार र अध्यादेशको पार्टी’ लोकतन्त्रको उपहास भएको आरोप लगाएका छन्।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार र राजनीतिक दलसम्बन्धी अध्यादेशपछि दर्ता भएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई लोकतन्त्र कै उपहास भएको आरोप लगाएका हुन्।

सरकार र नेकपा (एस) पार्टीले विकृति र विसंगतिबाट लोकतन्त्र नै संकटमा पार्ने उनको जिकिर छ। लोकतन्त्रलाई जोगाउन चुनाव नै सबैभन्दा सुरक्षित उपाय भएकाले अहिलेदेखि तयारीमा जुट्न आग्रह गरेका छन्।

नेता पोखरेलले लेखेका छन्, ‘परमादेशको सरकार र अध्यादेशको पार्टी लोकतन्त्रको उपहास हो। यी दुवैले सुरु गरेको विकृति र विसंगतिबाट लोकतन्त्र नै संकटमा पर्दैछ। त्यसबाट लोकतन्त्रलाई जोगाउन चुनाव नै सबैभन्दा सुरक्षित उपाय हो। त्यसैले अहिले देखि तयारीमा जुटौँ।’

यस्तै, लोकतान्त्रिक राज्य शक्तिको निर्माण जनताको जनादेशबाट हुने उनको भनाइ छ। राज्यले पनि कानुन अनुसार राज्य शक्तिको प्रयोग गर्ने उनले बताए। ‘लोकतान्त्रिक राज्य शक्तिको निर्माण जनताको जनादेशबाट हुन्छ। त्यस्तो राज्यले पनि कानुन अनुसार राज्य शक्तिको प्रयोग गर्दछ’ उनले लेखेका छन्।