दाङ २ मा एमालेका शंकर पोखरेललाई अग्रता - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

दाङ २ मा एमालेका शंकर पोखरेललाई अग्रता



दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सुरुवाती ५०० सय मत गनिसक्दा लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका शंकर पोखरेलले अग्रता बनाएका छन्।

उनले दाङ २ मा १५४ मतसहित अग्रता लिएका हुन्। त्यहाँ उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पछ्याइरहेकी छन्।

उनले १०८ मत ल्याउन सफल भएकी छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २० मत ल्याएका छन्। त्यस्तै राप्रपाका उम्मेदवारलाई ४ मत खसेको छ।