शंकर पोखरेलले भने: नरहरि आचार्यकै कारण सर्वोच्चको विजोग भयो - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

शंकर पोखरेलले भने: नरहरि आचार्यकै कारण सर्वोच्चको विजोग भयो



काठमाडौं। नेकपा एमालेका नेता शंकर पोखरेलले न्यायालयमा अहिले देखिएको बेथितिको मुख्य कारक कांग्रेस नेता नरहरि आचार्य भएको बताएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

पोखरेलले नेपाली कांग्रेसको निर्देशनमा तत्कालीन कानुनमन्त्री रहेका आचार्यले चालेको कदमका कारण अहिले न्यायालयमा बेथिति देखिएको बताए। सक्षम रहेका अस्थायी न्यायाधीश हटाउने आचार्यको काम अहिलेको परिस्थितिको कारक भएको उनको भनाइ छ।

पोखरेल लेख्छन्, ‘‘न्यायालय भित्रको अहिलेको बेथितिको कारणमध्ये नरहरी आचार्य कानुनमन्त्री भएका बेलामा नेकांको निर्देशनमा सर्वोच्चका तुलनात्मक रुपमा सक्षम अस्थायी न्यायाधीशहरुको अवधि थप नगरी कमजोर र विवादास्पद कार्यक्षमता भएकाहरुलाई ल्याउनुको परिणाम हो।”

पोखरेलका अनुसार अहिले सर्वोच्च अदालतमा देखिएको परिस्थिति सोही निर्णयको सहउत्पादन हुन्। उनले यस प्रकरणबारे राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीलाई राम्रो जानकारी भएको पनि उल्लेख गरेका छन्।