तनहुँ–२ मा कांग्रेसका भण्डारी विजयी - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

तनहुँ–२ मा कांग्रेसका भण्डारी विजयी



तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत पाएको क्षेत्र नम्बर दुई निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरेका छन्।

खसेको कुल मत ६८ हजार ८१७ रहेको छ भने ३ हजार ५८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए। रासस