शंकर पोखरेलले भने: संसद अवरोध जारी रहन्छ, एमसीसीमा एमालेको सहमति छैन - Himal Post Himal Post
  • २३ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 8 2024
Logo

शंकर पोखरेलले भने: संसद अवरोध जारी रहन्छ, एमसीसीमा एमालेको सहमति छैन



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा अवरोध जारी राख्ने बताएका छन् । उनले संसद अवरोधको विषयमा एमालेका मागको सम्बोधन नभएसम्म अन्य एजेण्डामा सहभागी समेत नहुने बताएका छन् ।

एमसीसी सम्झौतामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाएको खबर बाहिरिएपछि उनले त्यसको खण्डन गर्दै कुनैपनि एजेण्डामा आफूहरूको सहमति नहुने बताएका छन् । सत्ता गठबन्धन भत्काएर एमाले एमसीसी पारित गर्न तयार रहेको भन्ने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले त्यसको खण्डन गरेका हुन् ।

महासचिव पोखरेलले एमसीसीको बिषयमा भ्रम नछर्न आग्रह समेत गरेका छन् । उनले आफूहरूले कारबाही गरेका सांसदलाई कारबाही नगरेसम्म संसद वा अन्य विषयमा सहमति नहुने बताएका छन् ।

एमालेले १४ सांसदलाई पार्टीले गरेको कारवाहीमाथि सभामुखले कुनै प्रक्रिया नचलाई एमाले विभाजनमा मतियार बनेको भन्दै गैरसांसदलाई हटाउन वा सभामुखले राजीनामा दिनु पर्ने माग गर्दै संसद अवरोध गरिरहेको छ ।