शङ्कर पोख्रेल भन्छन्- मंसिर ४ गठबन्धनलाई बिदा गर्ने अवसर - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

शङ्कर पोख्रेल भन्छन्- मंसिर ४ गठबन्धनलाई बिदा गर्ने अवसर



काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्।

केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई मंसिर ४ मा बिदा गर्नुपर्ने उनले बताए। नेकपा एमाले तुलसीपुर–१९ को निर्वाचन सम्पर्क कार्यालयको बिजौरिमा उद्घाटन गर्दै पोख्रेलले यस्तो बताएका हुन्।

गठबन्धन सरकार आएपछि जनजीविकाको अवस्थाले नै यो सरकारको हालत दर्शाइसकेको भन्दै पोख्रेलले जनता र राष्ट्रहितमा काम गर्न एमालेकै सरकार चाहिएको बताए।