गठबन्धनसँग आत्तिए शंकर पोखरेल - Himal Post Himal Post
  • २५ मंसिर २०८०, सोमबार
  •      Mon Dec 11 2023
Logo

गठबन्धनसँग आत्तिए शंकर पोखरेल



काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा गठबन्धनसँग आत्तिएको अभिव्यक्ति दिएका छन् । उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्नु अराजनीतिक भएको भन्दै आत्तिएको अभिव्यक्ति दिएका हुन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै गठबन्धन गर्ने भन्दै यस्ती अभिव्यक्ति दिएका थिए ।

सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको उनको टिप्पणी थियो । मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका पोखरेलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको यस्तो बताए ।

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने भएपनि चुनावमा गठबन्धन गरेर जाने कुरा भने अराजनीतिक भएको उनले बताए ।

पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाए ।

उनले एमालेले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पारे ।