शंकर पोखरेलले लगाए प्रहरी प्रशासनमाथि गम्भीर आरोप - Himal Post Himal Post
  • १२ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 25 2025
Logo

शंकर पोखरेलले लगाए प्रहरी प्रशासनमाथि गम्भीर आरोप



काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले प्रहरी प्रशासनमाथि गम्भीर आरोप लगाएका छन् । उनले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउन प्रहरी प्रशासनले आफ्नो शक्ति दुरुपयोग गरेको आरोप लगाएका छन्।

यसअघि पटकपटक गठबन्धनले धाँधली गरेको बताउँदै आएका पोखरेलले यस्तो बताएका हुन् । नेपाल मुस्लिम इत्तेहाद संगठनको कार्यक्रम सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले स्थानीय चुनावमा गठबन्धनले प्रहरी प्रशासनको समेत चरम दुरुपयोग गरेको बताएका हुन्।

पोखरेलले भने, ‘सबैका लागि समान व्यवहार गर्नुपर्ने सीडीओ कार्यालयहरु सत्ता गठबन्धनको विवाद निरुपण गर्ने कार्यालयका रुपमा प्रयोग भएको रीपोर्ट पनि हामीले प्राप्त गर्‍यौं। कुन ठाउँमा को उम्मेदवार खडा गर्ने भनेर गठबन्धनले सुरक्षा निकायसँग छलफल गरेको पनि कुरा प्राप्त गर्‍यौं। सत्ता गठबन्धनले चुनावमा प्रहरी प्रशासनको दुरुपयोग गर्‍यो।’

उम्मेदवारहरू उठाउँदा सरकारले आफ्ना कार्यकर्तालाई नसोधी सुरक्षा निकायसँग सोधेको पोखरेलले बताए।