शंकर पोखरेलले लगाए भीम रावलमाथि गम्भीर आरोप - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

शंकर पोखरेलले लगाए भीम रावलमाथि गम्भीर आरोप



नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन्। महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि स्पष्ट पारे।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रिय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न सक्ने धारणा समेत राखे।

हाललाई उनी नीतिगत रुपमा पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य रहेको महासचिव पोखरेलले जानकारी दिए। उनले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गरे।

पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि? भनि सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए। त्यसको जवाफमा उनले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरुले यस्तो प्रश्न नै नगर्ने तर्क गरेका थिए। एकसेएक नेताहरु भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भएपनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बूँदे सहमती गरेर आएका नेताहरुको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाइ थियो।

महासचिव पोखरलले संसदको गतिरोध हटाउनका लागि सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने दोहोर्याए।