शम्भु थापाको तर्क: विश्वासको मत गुमाएको व्यक्ति प्रधानमन्त्री रहने व्यवस्था संसारमा कहीँ छैन - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

शम्भु थापाको तर्क: विश्वासको मत गुमाएको व्यक्ति प्रधानमन्त्री रहने व्यवस्था संसारमा कहीँ छैन



काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले संसद विघटनविरुद्धको मुद्दामा बहस भैरहेको छ । बुधबारबाट प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि निरन्तर बहस हुनेछ ।

बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले विश्वासको मत नपाएको व्यक्ति प्रधानमन्त्री रहिरहने व्यवस्था संसारमा कहीँ पनि नरहेको उल्लेख गरेका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले शेरबहादुर देउवालाई १४९ जना सांसदले समर्थन गर्ने भनिसकेपछि त्यसको परीक्षण प्रतिनिधि सभामा किन नगरिएको भन्दै प्रश्न उठाए।

‘१४९ जनाले समर्थन गर्ने भनिसकेपछि शंका लागे परीक्षण गर्न फ्लोर टेष्ट गर्नुपर्दैन? अधिकारको प्रयोग राष्ट्रपतिले के गर्नु भो, हामीले हेर्ने त्यो हो। माननीय ज्यूहरूको मतदान गर्ने अधिकार रोकियो’, थापाले भने, ‘श्रीमानहरूले भोटिङ राइट के हो हेर्नुपर्‍यो।’

उनले कुन पार्टीका कति सांसद भनेर राष्ट्रपतिले हेर्ने नभई संवैधानिक आधार हेर्नुपर्ने बताए। ‘१४९ जनामा एमालेका यति, जसपाका यति जना भन्ने हु आर यू? तपाईंले हेर्ने आधार हो कि फलानो पार्टीको सांसद?’, थापाले भने, ‘ओली बसिरहने हो भने ७६ (४) अनुसार विश्वासको मत लिनु भनेर राष्ट्रपतिले भन्नु पर्छ कि पर्दैन?’

१४९ सांसदको समर्थन छ भनिसकेपछि आधार छ भन्ने बुझ्ने की छैन भन्ने बुझ्ने? भन्दै उनले राष्ट्रपतिमाथि प्रश्न उठाए। ‘७६(१) देखि सबै धारा बाध्यात्मक छन् भने ७६(५) अनुसार सरकार बनाउन बाध्यात्मक छैन?’, वरिष्ठ अधिवक्ता थापाले थपे।