इजलासमै शम्भु थापा 'फायर': प्रधानन्यायाधीश विदामा बस्नुहोस - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

इजलासमै शम्भु थापा ‘फायर’: प्रधानन्यायाधीश विदामा बस्नुहोस



काठमाडौं- संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दामा बहस भैरहेको छ । बहसकै क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा फायर बनेका छन् । न्यायाधीश बमकुमार श्रेष्ठको विवादित फैसला, उनलाई संवैधानिक इजलासमा राखिनु र प्रधानन्यायाधीशले बचाउ गरेको भन्दै उनी फायर बनेका हुन्।

बहस हुँदाहुँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिदामा बस्न सुझाव दिए। इजलासमा न्यायाधीश श्रेष्ठलाई राखिएकोप्रति उठेको प्रश्नमा उनले प्रधानन्यायाधीशलाई नै विदामा बस्न सुझाव दिअका हुन्।

कानुन व्यवसायीले न्यायाधीश श्रेष्ठमाथि प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफ्नो विकल्प दिन भनेका थिए। त्यसको जवाफमा वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिएका हुन्।

नेकपा नाम विवादसम्बन्धी मुद्दाको फैसला गरेका न्यायाधीश श्रेष्ठलाई प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा राख्न नहुने कानुन व्यवसायीहरुको माग छ।
प्रतिनिधसभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा विवादित न्यायाधीश श्रेष्ठलाई समावेश गरिएको विषयमा उनले प्रश्न उठाएका हुन् ।

वरिष्ठ अधिवक्ता थापाले न्यायाधीशले अधिकार क्षेत्र नाघेर बढी सक्रिय हुन राम्रो नहुने बताए । थापाले भने, ‘यो अदालतले रक्षा गर्दैन भन्ने होइन । तर, लडाइँमा त उभिनु परेको छ । एकैजना जज एक्टिज्मतिर गइरहेको देखिन्छ भने जज स्वतन्त्र त देखिन्छ तर निष्पक्ष देखिँदैन ।’