पत्रकार पुडासैनी चितवनको होटलमा मृत फेला - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पत्रकार पुडासैनी चितवनको होटलमा मृत फेला



चितवन । पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिएका छ्न्। माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी गएराति चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा गएराति मृत अवस्थामा भेटिएका हुन्।

दिउँसो ३ बजे होटेल प्रवेश गरेका पुडासैनी राति ८ बजेसम्म बाहिर ननिक्लएपछि होटेल प्रशासनले प्रहरी बोलाएर कोठा खोल्दा उनी मृत भेटिएका थिए।

माउन्टेन टेलिभिजन स्रोतका अनुसार उनी दुई तीन दिन तराईको रिर्पोटिङ गरेर फर्कने भन्दै काठमाडौंबाट चितवन गएका थिए।

घटनाबारे विस्तृत विवरण पोस्टमार्टम रिपोर्टपछि सार्वजनिक हुने चितवन प्रहरीले जनाएको छ। न्यूज २४ बाट हालै माउन्टेन टीभीमा आवद्ध भएका पुडासैनीले मिसन न्यूज सञ्चालन गर्दै आएका थिए।