शालिकरामले स्कुल पढ्दा नै अध्यक्षकी छोरी उडाएका थिए - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

शालिकरामले स्कुल पढ्दा नै अध्यक्षकी छोरी उडाएका थिए



काठमाडौं- ‘नुवाकोटको बेलकोटगढी-३ स्थित वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्थे शालिक। सँगै पढ्थिन् स्थानीय सम्झना। नौ कक्षा पढ्दादेखि नै दुईबीच प्रेम बस्यो। एसएसली दिँदासम्म प्रेम उत्कर्षमा पुग्यो।’

आजको नयाँ पत्रिकामा शालिकरामका ससुरा जनक घिमिरे भन्छन्, ‘परीक्षामा दुवै पास भए। लगत्तै राजीखुसीमै दुईबीच विवाह भयो। त्यही वेलादेखि शालिक श्रीमती सम्झनालाई लिएर काठमाडौं बस्दै आएका थिए।’

बेलकोटगढी–३ का वडाध्यक्षसमेत रहेका सम्झनाका बुबा जनककुमार घिमिरेले अगाडि भने, ‘म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ। दुईबीच प्रेम बसेको हल्ला सुनेको हुँ । पछि शालिकका परिवार माग्न आए। राजीखुसीमै बिहे गरिदिएँ ।’ बिहेपछि उनीहरूबीच तनाव भएको आफूले कहिल्यै पनि जानकारी नपाएको उनले बताए। ‘ज्वाइँले पेसामा तनाव छ भन्थे, तनाव छ भने जागीर छोडिदेउ भनेको थिएँ तर उनले जीवन नै छोडिदिएको खबरले म पनि स्तब्ध छु।