अमिताभको घरमा शाहरूख खान घाइते - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

अमिताभको घरमा शाहरूख खान घाइते



एजेन्सी- अभिनेता शाहरूख खान फिल्ममा मात्र होइन, वास्तविक जीवनमै ‘हिरो’ भएका छन्। आइतबार उनले एक जनालाई आगलागी हुनबाट जोगाएपछि उनलाई भारतीय सञ्चारमाध्यमहरूले ‘रियल लाइफ हिरो’ भनेका छन्।

आइतबार दीपावलीका अवसरमा अभिनेता अमिताभ बच्चनले भोज आयोजना गरेका थिए। भोजमा अभिनेत्री तथा ऐश्वर्यकी म्यानेजर अर्चना सदानन्दको लेहेंगाले आगो टिप्यो। अर्चनाको लुगामा सल्किएको आगो शाहरूखले देखेर हत्तपत्त निभाएका थिए।

शाहरूखले आगो निभाए पनि अर्चनाको खुट्टा जलेको छ। हिन्दुस्तान टाइम्सका अनुसार उनको दायाँ खुट्टाको १५ प्रतिशत भाग र हातको केही भाग जलेको छ। उनलाई थप संक्रमण नहोस् भनेर आइसियूमा राखिएको बताइएको छ। अर्चना धेरै वर्षदेखि ऐश्वर्यको म्यानेजरका रूपमा काम गर्दै आएकी छन्।

यति मात्र होइन, अर्चनालाई बचाउने हुँदा शाहरूख आफैं पनि थोरै घाइते भएका छन्। उनको हात अलिअलि पोलिएको र सामान्य चोटपटक लागेको हिन्दुस्तान टाइम्सले लेखेको छ।

अमिताभको पार्टीमा भएको यो दुर्घटना राती ३ बजे भएको थियो। त्यति बेलासम्म त्यहाँ थोरै मात्र पाहुना बाँकी थिए।