शाहरुख खान र अमिताभ बच्चनको जुहारी : काण्ड के हो ? - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

शाहरुख खान र अमिताभ बच्चनको जुहारी : काण्ड के हो ?



एजेन्सी । बलिउडमा अभिनेताहरुबिच विवाद हुनु सामान्य जस्तै भइसकेको छ । कतिपय सम्बन्ध बिग्रेर फेरी सुध्रन्छन् भने कतिपय सम्बन्ध कहिले नसुध्रने गरेको पाइन्छ ।

यस्तो प्रक्रिया चलिरहेको देखिने गरेको भएपनि बलिउडका दुई ठुला स्टारहरु शाहरुख खान र अमिताभ बच्चनको सम्बन्ध अहिले सुध्रेको अवस्थामा छ ।

सम्बन्ध सुध्रेको मात्र होइन, शाहरुख खानले लगानी गरेको फिल्म ‘बदला’ मा अमिताभले काम पनि गरेका छन् । ‘बदला’ मा अमिताभ र तापसी पन्नु रहेका थिए र फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गरेको छ ।

साइन्स स्पोर्टस सिनेमाले ट्वीट मार्फत् फिल्म ‘बदला’ ले ८५ करोड भारु कमाएको सार्वजनिक गरेको छ । फिल्मले यस्तो सफलता पाएपनि निर्माण पक्षबाट यसबारे कुनै प्रतिक्रिया नआएपछि गएराती अमिताभ बच्चनले ट्वीट मार्फत् रोचक पाराले यसमा असन्तुष्टी जनाएका छन् ।

साइन्स स्पोर्टस सिनेमाको ट्वीटलाई रि–ट्वीट गर्दै अमिताभले भनेका छन्, ‘यस समय फिल्मको शान्त सफलताको बारेमा केहिले बोल्न सुरु गरेका छन् । किनभने यसबारे निर्माता, वितरक वा यस उद्योगका अन्य कसैले यस फिल्मको सफलता बारे बोल्न रत्तीभर समय खर्चेका छैनन् ।’

अमिताभको उक्त ट्वीट शाहरुख प्रति पनि लक्षित थियो । उनको ट्वीटमा जवाफ दिंदै शाहरुखले भने , ‘सर, तपाईंले हामीलाई कहिले पार्टी दिनुहोला भनेर कुरिरहेका छौं । हामी हरेक रात जलसा (मुम्बईको जुहु स्थित बच्चन निवास) बाहिर कुरिरहेका हुन्छौं ।’

शाहरुख आफ्नो जिम्मेवारीबाट पन्छेको अवस्थालाई अमिताभले फेरी ट्वीट मार्फत् जवाफ दिंदै भने, ‘ओए, (हाँसेको इमोजीहरु ) फिल्ममा मैले काम गरें । तिमीले लगानी ग¥यौं । फिल्म प्रबद्र्धनमा निस्वार्थ भइ म लागें । अब पार्टी पनि मैले दिने ?’ उक्त ट्वीटमा उनले थपे , ‘जलसा बाहिर हरेक रात कोइ आउँदैनन् । ’

अमिताभले आफुलाई कठिन अवस्थामा पारेपनि चतु¥याइँ पूर्वक शाहरुखले ट्वीटको जवाफ दिंदै भने , ‘सर, फिल्म तपाईंको हो । अभिनय तपाईंकै हो । फिल्म सफल भएको पनि तपाईंकै कारणले हो । तपाईं नभए फिल्म नै हुँदैनथ्यो । अनि पार्टी पनि…? ’

यस्तो रमाइलो जुहारीमा बलिउडका थुप्रै बलिउड फ्यानहरुले प्रतिक्रिया पनि दिइरहेका छन् । यसरी ट्वीट मार्फत् फिल्मको सफलताको कुरा चलिरहँदा फिल्मलाई अझै फाइदा पुगेको प्रतिक्रियाहरु पनि आइरहेको छ ।