नगरप्रमुख साहले पहल गरेपछि घर फर्किए दुबईमा अलपत्र परेका सात युवा - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

नगरप्रमुख साहले पहल गरेपछि घर फर्किए दुबईमा अलपत्र परेका सात युवा



काठमाडौं– वैदेशिक रोजगारीका लागि भन्दै दुबई पुगेर अलपत्र परेका सात युवाको उद्धार गरिएको छ। पर्साको बहुदरमाई नगरपालिका सात युवा उद्धारपछि घर फर्केका छन्।

बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो।

दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, प्रकाश प्रसाद, बाबुचन पासवान, वशिष्ठ हजारा, मुकेश साह र रामअयोध्या कुर्मीलाई आफ्नै पहलमा घर फर्काएका हुन्।

उनीहरुलाई एजेन्ट सुरेन्द्र यादवले पर्यटक (टुरिष्ट) भिसामा वैदेशिक रोजगारीका लागि भन्दै दुबई लगेका थिए। दुबई भ्रमणमा गएका नगरप्रमुख साहको सम्पर्कमा आएर उनीहरुले आफ्नो समस्याबारे जानकारी गराएपछि साहकै प्रयासमा उनीहरु नेपाल फर्केका हुन्।

नगरप्रमुख साहले अझै पनि आफ्नो गाउँका चार युवा दुबईमा अलपत्र परेको थाहा पाएकाले उनीहरुलाई पनि घर फर्काउन पहल गर्ने बताए।