सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका शशत्र प्रहरी जवानको शव १७ दिनपछी फेला - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका शशत्र प्रहरी जवानको शव १७ दिनपछी फेला



गणेश विक / बझाङ ।
सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका शशत्र प्रहरी जवानको शव आज १७ दिनपछि फेला परेको छ ।

कार्तीक १५ गते विहीबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका घर भएका २३ बर्षिया राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका बुढाको खोजीका लागी काठमान्डौ देखी गोताखोरको टोली समेत बझाङ पुगेको थियो ।

सदरमुकाम चैनपुरको सिमलको रुख नजीकै भएर बग्ने सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
बेपत्ता को खोजी कार्य गर्नका लागी बेपत्ता भएको दिन देखी नै शशत्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको थियो ।

आईतबार दिउसो बेपत्ता भएको ठाँउ बाट नै शब बाहीर निश्कीएको शशत्र प्रहरी जवानले नै देखेको र शबलाई पिछा गर्दै जाँदा देबल यरपोर्ट नजीक शब अड्कीए पछी नदी बाट शब निकालेको शशत्र प्रहरी जवान सुरेन्द्र सिहँले बताउनु भयो ।

शव पाएको र उहाँको आफन्तलाई जानकारी दिई सकेको र अहिले शव पोष्टमाटमका लागी जिल्ला अस्पतालमा राखीएको शशत्र प्रहरीका डीएसपि भुवनराज पन्तले बताउनु भयो । १३ गते जिल्लाको शान्ति सुरक्षाका लागी भन्दै शसत्र प्रहरीको टोली बझाङ आएको थियो ।