नेपाली सेनाको गाडी पल्टियो: एकको मृत्यु, छ जना घाइते - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नेपाली सेनाको गाडी पल्टियो: एकको मृत्यु, छ जना घाइते



काठमाडौं- सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

सल्यानको कपुरकोटबाट बुटवल जाँदै गरेको आर्मीको गाडी सल्यानको चोरखालामा दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा सल्यानको कपुरकोटमा रहेको सबुज गणका जमदार यादवप्रसाद घरेलको मृत्यु भएको हो।

कपुरकोटमा रहेको सबुज गणको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका वडा नं. ३ चोरखोलामा दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका जमदार घरेको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उक्त दुर्घटनामा ६ जना सैनिक घाइते भएका छन्।

दुर्घटनामा घाइते हुनेमा गणका मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हवल्दार जयप्रकाश बोहरालगायत रहेका छन्। बाँकीको नाम खुल्न सकेको छैन।

घाइतेहरूको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गाडी सडकबाट पाँच सय मिटर तल खोलामा खसेको थियो।

घाइतेहरूको नेपाली सेनाले उद्धार गरिरहेको छ।