अब नेपाली सेनाले लिनेछ सिमाको जिम्मा
काठमाडौं- अब नेपाली सेनाले पनि सिमाना अनुगमन गर्ने भएको छ । सेनाले सर्भे तथा सीमा अनुगमन निर्देशानलय नामको नयाँ एकाइ खडा गर्ने भएपछी अनुगमन गर्ने भएको हो ।
सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मा दिँदै आएकामा रक्षा मन्त्रालयले अब सेनालाई पनि सीमा निगरानी गर्न जिम्मा दिने भएको हो ।
छिमेकी मुलुकहरूले राष्ट्रको सिमा दिनहुँ मिच्दै जाने, आफ्नो नक्सामा नेपालको भूभाग राख्ने, मिचिँदै जाने, सीमाका पिलरहरू हराउने र संरक्षण नहुने तथा समग्र सीमा सुरक्षामा कमजोरी देखिन थालेपछि सेनाले विशेष ध्यान दिन लागेको हो।
गृहमन्त्रालयका अनुसार नेपाल र भारतको सीमामा पर्ने १८ सय ८० किलोमिटर क्षेत्रका २ हजार ७ सय १६ सीमा स्तम्भ नै गायब बनाइएको छ ।
त्यसैले सिमाना अनुगमन गर्न सेनालाई अगाडी सारिने भएको हो ।