सन्दीपले धेरै राम्रो खेल्नसक्ने शेन वार्नको भनाई - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

सन्दीपले धेरै राम्रो खेल्नसक्ने शेन वार्नको भनाई



नेपाली लेग स्पीनर सन्दिप लामिछानेले आफ्नो आदर्श मान्दै आएका अस्ट्रेलियन स्टार शेन र्वानसँग भेट गरेका छन्। बिहिबार दिल्लीले सन्दिप र शेनर्वानविच कुराभइरहेको तस्बीर सार्वजनिक गरेको थियो।

उक्त भेटमा शेन वार्नले सन्दिपलाई आफुले सन्दिपको खेललाई नजिकबाट हेरिरहेको भन्दै थप राम्रो गर्न सक्ने भन्दै हौसला बढाएका थिए। सन्दीपले भने आफ्नो आर्दश क्रिकेटरलाई भेट्न पाउँदा खुसि लागेको बताए। वार्नसँगको भेटलाई एतिहासिक भन्दै आफ्नो क्रिकेटको प्रेरणा भएको सुनाए।

उनले पहिलेबाट नै धेरै भेट्ने इच्छा पुरा भएको बताउँदा वार्न मुस्कुराएका थिए। दिल्लीको आधिकारीक न्युज पोर्टलले समेत सन्दीपलाई नेपाली शेन वार्न नाम दिएको छ। उसले उत्कृष्ट लेग स्पिनरको सुचिमा सन्दिपलाई राखेपनि दिल्लीले भने अहिलेसम्म पनि सन्दिपलाई आफ्नो प्लेइङ ११ मा राखेको छैन्।

सन्दिपलाई दिल्लीले प्लेइङ ११ मा नराखेपनि उनले अभ्यासमा आफ्नो दरिलो लगाव भने कायम राखिरहेका छन्। दिल्लीको अभ्यासमा पुगेको शेन वार्नले अन्य खेलाडीसँगपनि छलफल गरेका थिए। पछिल्लाे समय दिल्लीको प्रदर्शन केहि सुध्रिएपनि प्लेअफको सम्भाना निकै कमजोर छ। उसले प्लेअफमा स्थान बनाउनपनि बाँकी खेल जित्नु पर्ने चुनौती रहेको छ।