आइपिएल : चेन्नई सुपरकिंग्सका सेन वाड्सनले शतक प्रहार - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

आइपिएल : चेन्नई सुपरकिंग्सका सेन वाड्सनले शतक प्रहार



पुने- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सका सेन वाड्सनले शतक प्रहार गरेका छन्। किंग्स इलावेन पञ्जावका क्रिस गेलले शतक प्रहार गरेको भोलिपल्ट वाड्सनले जारी आइपिएलमा दोस्रो शतक प्रहार गरेका हुन्।

वाड्सनले राजस्थान रोयल्स विरुद्धको खेलमा शुक्रबार ५१ बलमा शतक प्रहार गरेका थिए। अन्तिम ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले १ सय ६ रन बनाए। उनले ५७ बल खेल्दा ९ चौका र ६ छक्का प्रहार गरेका थिए। वाड्सनको यो टी-२० क्रिकेटमा चौथो शतक हो।

वाड्सनको शतकसँगै चेन्नइले ५ विकेटको क्षतिमा १ सय ४ रन जोड्यो। चेन्नईका लागि सुरेश रैनाले २९ बलमा ९ चौकाको मद्दतमा ४६ रन जोडे। अम्बाती रायदु १२ रनमा आउट हुँदा डिजे ब्राभोले १६ बलमा नटआउट २४ रन जोडे। ब्राभोले ४ चौका हिर्काए। कप्तान महेन्द्रसिंह धोनी ५ तथा बलिङ्स ३ रनमा आउट भए।

बलिङतर्फ राजस्थानका श्रेयास गोपालले ३ तथा वेन लाफहिनले २ विकेट लिए।