एसइईको प्रश्नपत्र कसरी चोरी भयो ?

काठमाडौँ । परिक्षाको अघिल्लो दिन प्रदेश २ मा एसइईको प्रश्नपत्र आउट आएपछि यसको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्ने भएको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यसबारेमा अनुसन्धान गर्न शिक्षामन्त्री गिरिराजमणि पौडेलले सीआइबीलाई भनेका हुन् ।
लगातार प्रश्नपत्र आउट भएपछि शिक्षामन्त्री पोखरेलले शुक्रबार सुरक्षा निकाय समेतलाई राखेर आकस्मिक बैठक गरेका थिए । तर, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले शिलबन्दी नखोलिएको बताएका थिए । तर, शिक्षा मन्त्रालयमा शुक्रबार भएको छलफलमा ब्लेडले प्रश्नपत्रको शिलबन्दी गरिएको कपडा काटेर प्रश्नपत्र चोरी भएको हुनसक्ने आशंका गरेका छन् । बाहिरिएको प्रश्नपत्रसँगै ब्लेड पनि भएको र हतारमा फोटो खिच्दा ब्डेल पनि आएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रश्नपत्र आउट भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त बनेको थियो ।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि आज शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको विरोधमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा विरोध जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेको हो । विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ । साथै प्रदर्शनकारीहरु तोडफोडमा पनि उत्रिएका थिए ।

