एसईई फारम भरेका पाल्पाका १ सय ७ परीक्षार्थीले परीक्षा दिन नपाउने - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

एसईई फारम भरेका पाल्पाका १ सय ७ परीक्षार्थीले परीक्षा दिन नपाउने



पाल्पा । यस बर्षको एसईर्ई परीक्षामा पाल्पाका १ सय ७ जना बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् । बिद्यालयमा दैनिक हाजिरी नपुुगेका तथा अन्य विविध कारण उनीहरु परीक्षा दिनबाट बञ्चित भएका हुुन् ।

बिद्यालयमा अनुपस्थित हुुने तथा परीक्षा दिनका लागि उमेर नपुुगेका बिद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ ।

शिक्षा नियमावली अनुुसार परीक्षामा समावेश हुुन बिद्यार्थी बिद्यालयमा ७५ प्रतिशत हाजिर भएको हुुुनुुपर्छ । शिक्षा विभागले सेन्टअप परीक्षा खारेज गर्दै बिद्यालयमा ७५ प्रतिशत हाजिर हुुने बिद्यार्थीलाई अनिवार्य पास गर्नुुपर्ने व्यबस्था गरेको भएपनि प्राबधान पुरा नगर्ने बिद्यार्थी परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले जानकारी दिए ।

उनीहरुले एसईई परीक्षामा सामेल हुन गत असार महिनामा नै आबेदन भरेका थिए । समयमा नै परीक्षा आवेदन फारम भरेपनि हाजिर नै नपुुगेका कारण परीक्षा दिन नपाउने भएका हुुन् ।

पाल्पामा यस बर्ष सामुदायिक, संस्थागत, प्राबिधिक र खुला गरि ५ हजार ५८ जना विद्यार्थीले एसईई परीक्षा दिदैछन् । २५ केन्द्रमा २५ केन्द्राध्यक्ष सहित कर्मचारीको व्यबस्था मिलाईसकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।