एसईई परीक्षामा पाल्पाबाट ५ हजार ५८ बिद्यार्थी सहभागी - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

एसईई परीक्षामा पाल्पाबाट ५ हजार ५८ बिद्यार्थी सहभागी



पाल्पा । यस बर्षको एसईई परीक्षामा पाल्पाबाट ५ हजार ५८ जना बिद्यार्थी सहभागी हुुदैछन् ।

जिल्लाका सामुदायिक, संस्थागत, खुला र प्राबिधिक शिक्षाबाट गरि ४ हजार ९ सय ४६ नियमित र १ सय १२ एक्जाम्टेड तर्फ गरि ५ हजार ५८ बिद्यार्थीले एसईई परीक्षा दिने जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लाका १ सय ११ सामुदायिक, २० संस्थागत, खुला १ र प्राबिधिक ४ बिद्यालयका गरि १ सय ३२ बिद्यालयका बिद्यार्थी परीक्षामा सहभागी हुनेछन् । जसमध्ये सामुदायिक बिद्यालयका ४ हजार ४ सय ४७ जना र संस्थागतका ६ सय ११ बिद्यार्थी सहभागी छन् ।

जसका लागि २५ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी संगिता रेग्मीले जानकारी दिनुुभयो । परीक्षालाई मर्यादित बनाउन २५ केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, २ सय १७ जना निरिक्षक र १ सय १४ जना कार्यालय सहयोगी ३ सय ७५ जना सुरक्षाकर्मी खटिनेछन् ।

परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तिपुर्ण रुपमा सञ्चालन गर्न जिल्लामा गठित परीक्षा समन्वय समितिले परीक्षाको आबश्यक तयारी पुरा भएको जनाएको छ ।

साथै परीक्षा समन्वय समितिका अनुसार परीक्षालाई मर्यादित रुपमा सञ्चालन गर्न जिल्लाका परीक्षा समितिका पदाधिकारी, शिक्षा कार्यालयका कर्मचारी, शिक्षकका पेशागत संघसंस्था, प्याप्सन पदाधिकारी र पत्रकारले परीक्षाको पर्यवेक्षण गर्नेछन् ।

परीक्षामा आँच आउने केही क्रियाकलाप भएको पाइएमा ऐन नियम अनुसार कारबाही हुुने कार्यालयले जनाएको छ ।