एसईईको परिक्षा दिन गाउँपालिका उपाध्क्षले नै नक्कली परीक्षार्थी राखेपछि… - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

एसईईको परिक्षा दिन गाउँपालिका उपाध्क्षले नै नक्कली परीक्षार्थी राखेपछि…



कालिकोट । गाउँपालिका उपाध्यक्षको एसईई परीक्षा दिदैँ गरेकी नक्कली परीक्षार्थी पक्राउ परेकी छन्।

जुम्ला हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायको एसईई परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी हुन्। हिमाली गाउँपालिका राहदेव माध्यमिक विद्यालय मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिँदै गरेकी विमला रोकायालाई प्रहरीले बिहिबार पक्राउ गरेको हो।

नक्कली परिक्षार्थी विमलाले लिइएको प्रवेश पत्रको फोटोमा केरमेट गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डा.तपनकुमार दाहालले बताए। ‘जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस गरिएको कागजात र परीक्षा हलमा लिइएको प्रवेश पत्र तुलना गर्दा विवरण मिलेको पाइएन् ।’ उनले भने, ‘गाउँपालिकाको उपाध्यक्षले नै नक्कली परीक्षार्थी राखेपछि अरुले के गर्लान् भन्ने हो।’

बिहीबार स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा दिँदै गर्दा उपाध्यक्ष रोकायले सट्टामा परीक्षा दिने नक्कली परीक्षार्थी विमलालाई पक्राउ गरिएको दाहालले बताए । साभार : थाहाखबर