प्र.म. कार्यालयमा सुरक्षा परिषद्‌को आकस्मिक बैठक - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

प्र.म. कार्यालयमा सुरक्षा परिषद्‌को आकस्मिक बैठक



काठमाडौँ–

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे हुने भएको छ। उक्त बैठकमा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि र राष्ट्रिय सुरक्षा योजनाबारे छलफल हुने गरिने भएको छ ।

सत्तारुढ दलकै नेताहरूबाट विप्लवका आपराधिक गतिविधि नियन्त्रण गर्ने क्रममा सरकारले दमन गरेको कुराका विषयमा संसदमै सरकारको विरोध भइरहेको छ । बैठकमा विप्लवका गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गर्ने र संयुक्त योजना बनाइने जनाइएको छ ।

नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘इन्काउन्टर’ गरिएको घटनापछि सरकार दबाबमा छ । राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी कानून बनाउन तयार गरिएको विधेयक समेत विवादित भइरहेका बेला यो बैठक बोलाइएको छ ।

सुरक्षा परिषद्‌मा प्रधानमन्त्रीसहित मन्त्री, सुरक्षा निकायका प्रमुख सदस्य रहने गरेका छन् ।