डा. एसडी मुनी भन्छन्- देउवा 'ब्याक' हुन्छन्, नेपालको नेतृत्व नयाँ पुस्तामा जान्छ - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

डा. एसडी मुनी भन्छन्- देउवा ‘ब्याक’ हुन्छन्, नेपालको नेतृत्व नयाँ पुस्तामा जान्छ



काठमाडौं- नेपाल मामिलाका जानकार तथा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. एसडी मुनीले अचम्मको आंकलन गरेका छन् । उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको दाबी छोड्ने बताएका छन् ।

नेपालबारे धेरै भविष्यबाणी गर्दै आएका मुनीले यसपटक देउवाले प्रधानमन्त्रीमा आफ्नो दाबी फिर्ता लिन सक्ने आंकलन गरेका छन्। यसअघि उनले गरेका आंकलनलाई लिएर नेपाली राजनीतिक वृत्तमा हलचल हुने गरेको थियो ।

निर्वाचन सकिएलगत्तै नेपालमा नयाँ सरकार गठनको रस्साकस्सी चल्दैगर्दा प्राध्यापक मुनीले ‘नेपालमा भइरहेको स्थापित नेतृत्वको विरोध र पार्टीभित्रबाट देउवामाथि भइरहेको चुनौतीका कारण देउवाले प्रधानमन्त्रीमा दाबी नगर्ने’आंकलन गरेका हुन्।

डा. मुनीले शुक्रबार ट्वीवट गर्दै भनेका छन् ‘‘नेपालमा स्थापित नेतृत्वको राष्ट्रिय रूपमै विरोध भइरहेको छ। त्यस्तै कांग्रेसभित्र देउवाको नेतृत्वलाई बढ्दो चुनौती छ। त्यसकारण देउवाले प्रधानमन्त्रीको दाबी फिर्ता लिन्छन् भन्ने लाग्छ।’’

उनका अनुसार देउवाले प्रधानमन्त्रीबाट ब्याक भएर नयाँ पुस्ताले देशको नेतृत्व गर्ने आंकलन छ ।