विद्यालय तत्काल नखुल्ने - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

विद्यालय तत्काल नखुल्ने



काठमाडौँ- काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ।

कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो।

उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ। सार्वजनिक यातायातमा भने गत साताबाट जोर बिजोर हटाइएको छ।

सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न उपत्यकाका तीन वटै जिल्लाका सीडीओको बैठक बस्दैछ। सीसीएमसीको सिफारिस अनुसार सोमबारबाटै नयाँ निर्णय कार्यन्वयन गर्ने गरी तयारी भएको एक प्रमुख जिल्ला अधिकारीले बताए।

‘अहिलेसम्म सिफारिस आइपुगेको छैन। सिफारिस आइसकेपछि हामी बैठक बसेर निर्णय गर्छौं’, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्, ‘अहिले नै यसै हुन्छ भन्न सकिँदैन, सिफारिस आएपछि निर्णय हुन्छ।’

यातायातमा सहज बनाउने बारे सिफारिस गर्ने निर्णय भइसकेको र निर्णय पठाउने तयारी भइरहेको सीसीएमसीकी प्रवक्ता सहसचिव सुनिता नेपालले बताइन्।

विद्यालय खुल्ला गर्ने लगायतका निर्णय भने तत्काल नहुने भएको छ। यस्तै भीडभाड बढी हुने क्षेत्र पनि तत्काल खुल्ला हुने छैनन्। अन्य क्षेत्रमा भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय भएको हो।